सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : साढे १२ बजेसम्म एक तिहाई मतदान

२०७५ पुष २८, १२:४२ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका निर्वाचनमा मतदान जारी छ। बिहान साढे ८ बजेबाट मतदान सुरु भएको हो। साढे १२ बजे सम्म एक तिहाई मत खसेको छ। २७ सय मतदाता रहेकोमा साढे १२ बजे सम्म ९ सय बढि मत खसेको छ। म्तदानका लागि ४ वटा बुथ बनाईएको छ। क बुथमा २ सय १६, ख मा २ सय ३४, ग मा १ सय ८७ र घ मा २ सय ६६ मत खसेको निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजेसम्म मतदान जारी रहनेछ । 
 

कमेन्ट लोड गर्नुस