सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय टेस्ट टिमको कप्तानीबाट विराट कोहलीको राजीनामा

२०७८ माघ १, ०८:३२ खबर संवाददाता

काठमाडौँ: भारतीय टेस्ट क्रिकेट टिमको कप्तानीबाट विराट कोहलीले राजीनामा दिएका छन्। एक विज्ञप्ति जारी गर्दै कोहलीले शनिबार टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएको बताएका हुन्। सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले त्यसयता भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए।

अहिले पनि भारत नम्बर एक टिम छ। दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका कोहलीले त्यसको केही समयपछि एकदिवसीय क्रिकेट टिमको कप्तानीबाट हटाइएका थिए। तर हालै दक्षिण अफ्रिका भ्रमणमा टिमलाई सिरिज जिताउन नसकेका कोहलीले कप्तानीबाटै राजीनामा दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस