AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार १०:०३
Jan 25 2022, Tuesday
10:03:38 PM

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ सङ्क्रमित, थप ४०२ को मृत्यु

विज्ञापन
रासस
२०७८ माघ ०६:५१
अ+

नयाँदिल्ली: भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ सङ्क्रमित थपिएका हुन्। यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन्। शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ सङ्क्रमित भएका थिए। 

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्। त्यसैगरी कुल सङ्क्रमितमध्ये छ हजार ४१ जना कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ। तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad