धनगढीको उत्तरबेहडीमा राइनो रेष्टुरेन्ट एण्ड गार्डेन सञ्चालनमा
२०७८ माघ १, ०४:२१
धनगढी: धनगढीस्थित उत्तरबेहडीमार ाइनो रेष्टुरेन्ट एण्ड गार्डेन सञ्चालनमा आएको छ। दिपायलमा रहेको राइनो रेष्टुरेन्ट एण्ड गार्डनको शाखा उत्तरबेहडीमा बिस्तार गरिएको रेष्टुरेन्टका प्रबन्धक कृष्ण जोशीले जानकारी दिए।
जोशीले २० लाखको लगानीमा सञ्चालनमा ल्याएको राइनो रेष्टुरेन्टमा नेपाली खानासहित तन्दुरी खाना सेवा दिइने उनले जानकारी दिए। दिपायलमा दिँदै आएको सेवालाई विस्तार गर्दै धनगढीमा पनि सेवा दिने उदेश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको प्रबन्धक जोशीले बताए। अनुभवी कालिकडबाट ग्राहकहरुको स्वादलाई प्राथमकिता दिँदै सेवा दिने बताइएको छ।
कमेन्ट लोड गर्नुस