बझाङमा जिप दुर्घटना, जिप धनीको मृत्यु
बझाङः बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति जयपृथ्वी नगरपालिका वडा नं १ कैलाशबाट सदरमुकाम चैनपुरका लागि छुटेको सुप ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्तोलीमा दुर्घटना परेको हो।
जिप दुर्घटनामा गम्भीर घाइते भएका जिप धनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ।
मोर्तोलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन्। अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियो।