सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीका १५ प्रतिशत शय्यामा मात्रै विरामी भर्ना

२०७८ माघ १, ०६:१४

नयाँ दिल्ली : भारतको दिल्ली प्रदेशमा रहेका कूल शय्यामध्ये अहिले १५ प्रतिशत मात्रै शय्यामा विरामी भर्ना भएका छन्। अरु ८५ प्रतिशत शय्या खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन्।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिए। उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरे। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए। 

त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए। दिल्लीका १३ हजारभन्दा बढी शय्या खाली रहेको मन्त्री जैनले जानकारी दिए। उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ। खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए। -एएनआई

कमेन्ट लोड गर्नुस