सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वीडेनकी प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

२०७८ माघ १, ०६:००

स्टकहोम : स्वीडेनकी प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ। “द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको छ,” उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ।  

पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन्। सङ्क्रमित भएको पुष्टि भएपछि उनीअहिले सेल्फ आइसोलेसनमा रहेकी र उनले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ।

सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिए। स्विडेनमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेहरुको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको छ। सरकारी अधिकारीहरुका अनुसार बिहीबार मात्रै थप २२ हजार ५६४ जना नयाँ सङ्क्रमित थपिएका छन्।   

महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिवन्ध पनि लगाइएको छ। बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइनेलगायतका नियम लागू गरिएको छ। समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन्। -एएफपी

कमेन्ट लोड गर्नुस