कैलाली उद्योग वाणिज्य संघको मतदान जारी
२०७५ पुष २८, ०९:२०
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका निर्वाचनमा मतदान जारी रहेकाे छ। बिहान साढे ८ बजेबाट मतदान सुरु भएको हो। दिउँसाे द्ध बजेसम्म मतदान जारी रहनेछ ।
चार वटा मतदान केन्द्र मार्फत एक पटक प्रत्येक मतदान केन्द्रमा चार जना व्यवसायीले सँगै मत हाल्न पाउने व्यवस्था मिलाईएको छ। संघको उत्तर तर्फ रहेको स्थानमा चार वटा मतदान केन्द्रहरु बनाईएका छन्। एकै पटक दुई वटा पुरुष र एउटा महिलाको लाईन लाग्नका लागि डोरी तानेर लाईन वस्ने प्रवन्ध गरिएको छ।
कमेन्ट लोड गर्नुस