कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको तयारी पुरा
संघको सदस्यता खुल्ने र सरकारले जारी गरेको परिचय पत्र अनिवार्य लैजानुपर्ने
भोली हुन गईरहेको कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि आवश्यक सवै बन्दोबस्त मिलाई सकिएको निर्वाचन समितिले जनाएको छ । चार वटा मतदान केन्द्र मार्फत एक पटक प्रत्येक मतदान केन्द्रमा चार जना व्यवसायीले सँगै मत हाल्न पाउने व्यवस्था मिलाईएको छ । नयाँ नेतृत्व चयनका लागि हुन गईरहेको निर्वाचनमा मतदान गर्नका लागि संघको संघको सदस्य भएको खुल्ने परिचय पत्र र सरकारले जारी गरेको परिचय पत्र अनिवार्य रुपमा ल्याउनुपर्ने नियम बनाईएको छ । लामो समयको विवाद र रस्साकस्सी बीच हुन गईरहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि आवश्यक सवै तयारी सकिएका हुन् । संघको उत्तर तर्फ रहेको स्थानमा चार वटा मतदान केन्द्रहरु बनाईएका छन् भने एकै पटक दुई वटा पुरुष र एउटा महिलाको लाईन लाग्नका लागि डोरी तानेर लाईन वस्ने प्रवन्ध गरिएको छ । एउटा निर्वाचन केन्द्रभित्र चार दिशातिर एकै पटक चार जनाले संकेत गर्न सकिने गरी व्यवस्थापन गरिएको निर्वाचन समितीका संयोजक यादव भण्डारीले बताए ।
सदस्या छानविनपछि संघका सदस्यहरु वनेका दुई हजार सात सय ४ जनालाई उनीहरुको क्रम संख्या र अंग्रेजी वर्गमाल अनुसार क्रमश मतदान गर्ने तयारी गरिएको छ । मतदान केन्द्र क मा क्रम संखया एकदेखि ६ सय ५४ सम्मको अर्थात ६५४ जनाले मतदान गर्न पाउनेछन् । ख मतदान केन्द्रमा क्रम संख्या अनुसार ६५५ देखि १३७० सम्मका ७१७ जना, ग मतदान केन्द्रमा १३७१ द्येखि १९६१ सम्मका ५९१ सम्मका र घ मतदान केन्द्रमा १९७२ देखि २७०४ सम्मका क्रम संख्या रहेका ७४३ जना मतदातलाई मतदान गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन सम्पन्न गराउनका लागि मतदान केन्द्रमा सवै तयारीसँगै आवश्यक कर्मचारीलाई पनि प्रशिक्षण दिईएको छ । चार जना मतदान अधिकृत चार जना सहायक मतदान अधिकृत सहित प्रत्येक मतदान केन्द्रमा ७ जनाको दरले २८ जना कर्मचारीलाई परिचालन गरिदैछ । निर्वाचनमा मतदान गर्नका लागि व्यवसायीहरुलाई संघको सदस्य भएको खुल्ने कामजात र सरकारले दिएका कुनै पनि परिचय पत्र खुल्ने कागजात अनिवार्य गरिएको छ । दुवै काजगात भएमा मात्रै निर्वाचनमा भोट हाल्न पाउने कैलाली उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत ज्योती भट्टले बताए । विहान ८ वजेदेखि दिउँसो ४ बजेको समयमा मतदान गर्ने समय तोकिएको छ । संघको कार्यालय रहेको दुई सय मिटरभित्र उम्मेदवारहरुले कुनै पनि प्रचार प्रसार गर्न पाउने छैनन् भने उम्मेदवारहरुले निर्वाचन समितीले उपलब्ध गराएको उम्मेदवारको परिचय पत्र वाहेक अन्य वस्तुहरु देखाउन पाउने छैनन् ।