सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपः भुर्तेल र ऐरीको विष्फोटक अर्धशतकमा पुलिसको विशाल स्कोर

२०७८ पुष ३०, १२:१८ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी नेपाल पुलिस क्लव र कर्णाली प्रदेशविरुद्धको खेलमा पुलिसका दुई ब्याट्सम्यानले विष्फोटक अर्धशतक बनाएका छन्। ओपनर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्रसिंह ऐरीले चौका र छक्काको वर्षा गर्दै तीव्र गतिमा रन बटुलेपछि पुलिस विशाल स्कोरतर्फ लम्केको छ।

राष्ट्रिय टिमका समेत ओपनर रहेका भुर्तेल ३९ बलमा ८२ रन बनाएर आउट भए। ९ चौका र ३ छक्का प्रहार गरेका उनले केवल २२ बलमा अर्धशतक पूरा गरेका थिए। पहिलो विकेटका लागि पवन सर्राफसँग उनको ५२ रनको साझेदारी भएको थियो। पवनले १३ बलमा २२ रन बनाएका थिए।

पवन आउट भएपछि क्रिजमा आएका ऐरी विष्फोटक अन्दाजमा प्रस्तुत भए। उनले ९ चौका र २ छक्कासहित २८ बलमा ६२ रन बनाए। २३ बलमा अर्धशतक पूरा गरेका दिपेन्द्रले दिवान पुनको एकै ओभरमा २० रन बटुलेका थिए। भुर्तेल र ऐरी दुवै आउट भए पनि पुलिसले विशाल स्कोर बनाउने निश्चित भइसकेको छ। कर्णालीका बलरहरु निरीह देखिँदा पुलिसले १८ औं ओभरमा नै दुई सय रन कटाएको छ।


 

कमेन्ट लोड गर्नुस