बाजुराकी समी बनिन् एमालेको कान्छी जिल्ला सदस्य
बाजुराः बाजुराकी समी विष्ट एमालेको जिल्ला कमिटी सदस्यमा चयन भएकी छन्। २३ वर्षीय विष्ट जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएकी छन्।
बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएकी विष्ट जिल्लाको सातौं जिल्ला अधिवेशनमा महिला सदस्य पदमा सर्वसम्मत चयन भएको एमाले बाजुराले जनाएको छ। उनी अहिलेसम्मकै कान्छी सदस्य भएको समेत एमालेले जनाएको छ।
विद्यार्थी जीवनदेखि नै एमालेको विभिन्न जनवर्गीय संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी विष्टले चार वर्षमै जिल्ला तहको नेतत्वमा आफूलाई स्थापित गर्न सफल भएकी हुन्। देश बनाउन सचेत युवा पुस्ताको नेतत्व राजनीतिमा खाँचो रहेको उनको भनाइ छ। विष्टसंगै एमाले बाजुरामा अधिकांश पदाधिकारी र सदस्यहरु पनि युवा पुस्ता नै चयन भएका छन्।