सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्याडमिन्टनको विश्व नम्बर १ मा परेका दार्चुलाका प्रिन्सलाई देउवाको बधाई

२०७८ पुष २९, ०४:१० खबर संवाददाता

धनगढीः दार्चुलाका प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। ब्याडमिन्टनको विश्व नम्बर १ वरीयतामा परेका दाहाललाई देउवाले सामाजिक सन्जालमार्फत बधाई दिएका हुन्।

विश्व ब्याडमिन्टन फेडेरेसनले सार्वजनिक गरेको वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन्। विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेशनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गरेको छ। प्रिन्स आफ्नो शीर्ष स्थानमा पुग्ने सपना पूरा भएको बताउँछन्।


 

कमेन्ट लोड गर्नुस