सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कपमा सुदूरपश्चिमको पहिलो जित

२०७८ पुष २९, ०२:२२ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ। कीर्तिपुरमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो। सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्र बनाउन सक्यो।

कर्णालीका लागि रविन्द्र शाहीले ३५, अर्जुन घर्तीले ३० र अनुप कुँवरले १३ रन बनाए पनि अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कर्णालीलाई एक सय ६ रनमै रोक्न शेर मल्लले चार र हेमन्त धामीले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५३ रन बनायो।

सुदूरपश्चिमका लागि अर्जुन साउदले ३२, वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडक बोहराले २२ रन बनाए। बलिङतर्फ कर्णालीका लागि प्रकाश जैशीले तीन तथा दिवन पुन र रविन्द्र शाहीले दुई–दुई विकेट लिए। यो जितसँगै सुदूरपश्चिम दुई खेलमा दुई अङ्कसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ। यस्तै तीन खेलमा समान दुई अङ्कसहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ।

कमेन्ट लोड गर्नुस