सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा प्रशासनको कडाइ, यस्तो छ आदेश

खोप कार्ड अनिवार्य

२०७८ पुष २९, ०१:३९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले कडाइ गरेको छ। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बिहीबार ७ बुँदे आदेशपत्र जारी गरेका छन्।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागि नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्य कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनपर्ने पनि आदेश पत्रमा उल्लेख छ। यसैगरी माघ ७ गतेदेखि अनिर्वाय खोप कार्ड बोक्नुपर्ने, सार्वजनिक निकायबाट सेवा प्रवाह गर्दा भिडभाड हुन नदिने, स्वाथ्य मापदण्डको पालना गराउनुपर्ने छ।

सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने, घरबाट बाहिर निस्कदा अनिर्वाय रुपमा मास्क लगाउनु पर्नेछ। त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ।

कमेन्ट लोड गर्नुस