सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका कलौनीलाई 'डेब्यु सिंगर आधुनिक गीत' सम्मान

२०७८ पुष २९, ०९:२३ खबर संवाददाता

धनगढी : गायक तथा रचनाकार नवराज कलौनीलाई दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०२२ मा 'डेब्यु सिंगर आधुनिक गीत' विधाबाट सम्मानित गरिएको छ। कञ्चनपुरको महेन्द्रनगर घर भएका गायक कलौनीलाई ’घुम्तीको रेल’ बोलको गीतबाट अवार्डसहित सम्मानित गरिएको हो।

वुमन्स ईरा मिडिया ग्रुपले बानेश्वरस्थित होटल एभरेष्टमा आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथि रहेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अवार्ड प्रदान गरेकी थिइन्। गायक कलौनीले रचना गरेका र गाएका थुप्रै गीतहरु चर्चित छन्। अवार्ड कार्यक्रममा कला साहित्यको क्षेत्रमा विभिन्न विधामा योगदान पुर्याएका कलाकर्मीहरुलाई सम्मान गरिएको थियो। 

कमेन्ट लोड गर्नुस