बझाङमा ट्याक्टर दुर्घटना
२०७८ पुष २८, ०७:१०
बझाङ: बझाङको जयपृथ्वी नगरपालिमा ट्याक्टर दुर्घटना भएको छ। नगरपालिकाको गडखेतको हुपडमा से २ त १६५३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
ट्याक्टर सडकवाट झण्डै एकसय मिटर तल खसेको जनाइएको छ। ट्याक्टरमा सवार ३ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस