इण्डो–नेपाल इन्टरनेशनल प्रतियोगितामा शिवपुरीधाम तेक्वान्दो डोजाङ्ग टिम दोस्राे
धनगढी: भारतको चंढीगडमा भएको ईण्डो–नेपाल ईन्टरनेशनल प्रतियोगितामा नेपालबाट सहभागी भएको शिवपुरिधाम तेक्वान्दो डोजाङ्ग–टिम दोस्रो भएको छ। नेपाल र भारत सम्मिलित उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएको धनगढीको शिवपुरिधाम तेक्वान्दो डोजाङ्ग ८ स्वर्ण र २ रजत जित्दै दोश्रो भएको हो।
प्रतियोगितामा पुरुष किरोगी बिधा तर्फ अनिश बिष्ट, सम्यक जोशी, हरीष बोहोरा, अप्सराज बराल र आशीष चन्दले स्वर्ण पदक जितेका छन्। भने, पुरुष तर्फ लक्ष्मण चन्द र महिला तर्फ नेहा चौधरीले रजत पदक जितेका छन्। यस्तै पुम्से बिधा तर्फ तुसार चन्द, लक्ष्मण चन्द र आशिष चन्दले स्वर्ण पदक जितेका छन्।