सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका थप ६२ जनामा कोरोना संक्रमण

२०७८ पुष २५, ०५:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५ जनाको नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।  

यस्तै महाकाली अस्पतालमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ९ जनामा कोरोना फेला परेको निर्देशनालयले जानकारी दिएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय ७२ पुगेको छ। हालसम्म सुदूरपश्चिममा ६१४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। 

कमेन्ट लोड गर्नुस