कञ्चनपुर विशेष सुरक्षा गणमा कार्यरत एसपी देउवाको सरुवा, श्रेष्ठ आउँदै
२०७८ पुष २५, ०२:४४
धनगढीः कञ्चनपुर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापाले आइतबार उनको सरुवा गरेका हुन्।
देउवाको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएको छ। उनको ठाउँमा अब माधवप्रसाद श्रेष्ठ आउने भएका छन्। उनी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक प्रशासन तथा प्रबन्ध शाखामा कार्यरत थिए।
कमेन्ट लोड गर्नुस