कञ्चनपुरका एसपी चतुरबेदीको सरुवा, को आउँदैछन् नयाँ ?
धनगढीः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुरबेदीको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापाले आइतबार उनको सरुवा गरेका हुन्।
चतुरबेदीको प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरीक सेवा महाशाखा नक्साल काठमाडौंमा सरुवा भएको छ। उनको ठाउँमा अब श्यामसिंह चौधरी आउने भएका छन्। चौधरी काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखामा कार्यरत थिए।