सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित

२०७८ पुष २४, ०७:०२ रासस

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा  सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका  एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो।

ङ्क्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस