एमाले बैतडी अधिवेशनः निर्वाचन तालिका सार्वजनिक
बैतडीः बैतडीमा एमाले जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि पाटनमा शनिबार बिहानैदेखि छलफल जारी छ। सहमतिमै नेतृत्व चयन गर्ने भनिएपनि आकांक्षीहर बीच सहमतिको अवस्था नदेखिएको बताइएको छ।
आज साँझ पाँच बजेसम्म सहमतिको लागि समय दिइएको छ। नेतृत्वको लागि सहमति नभए शनिबार नै निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। यस्तै निर्वाचन समितिले निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ। उदघाटन सत्र र बन्द सत्र शुक्रबार बैतडीको पाटनमा सम्पन्न भइसकेको छ।