सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढे

२०७८ पुष २४, ०२:१७ खबर संवाददाता

बैतडीः चिसोसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीहरू पनि बढेका छन्। जिल्ला अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढेका हुन्। 

अस्पतालमा बढी जसो बालबालिकाहरुमा निमोनियाको समस्या देखिने र वृद्धवृद्धाहरुमा दमको समस्या देखिने गरेको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए। पुस महिना शुरु भएयता जिल्ला अस्पतलामा दैनिक ४० देखि ५० जनाको संख्यामा बिरामी आउने गरेको र तीमध्ये श्वासप्रश्वासका बिरामी बढी हुने गरेको उनले बताए।

बालबालिकाहरुलाई चिसोबाट जोगाउन नसक्दा निमोनिया हुने गरेको जोशीको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस