नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना पुष्टि
धनगढी : नेपालभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९७१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयलका अनुसार आज एक दिनमा मात्रै २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो।
देशभर सक्रिय संक्रमित ५ हजार ७४१ रहँदा २६२ जना कोरोना मुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ। कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु भएको छैन। नेपालमा हालसम्म ११ हजार ६०३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।