सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लेनदेन मुद्धाकी फरार कसुरदार पक्राउ

२०७८ पुष २३, ०४:०६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रहरीले लेनदेन मुद्धाकी फरार कसुरदारलाइ पक्राउ गरेको छ। भिमदत्त नगरपालिका ५ वनगाँउ बस्ने नरमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले आज (शुक्रबार) पक्राउ गरेको हो। 

कञ्चनपुर जिल्ला अदालतको मिति २०७७।०८।०९ गतेको फैसलाले उनलाइ ३ बर्ष कैद सजाय तोकेको थियो। तर, उनी फरार रहेकी थिइन्। उनी लेनदेन मुद्धाकी कसुरदार हुन्। 

फरार तामाङलाई पक्राउ गरेर अदालतमा पेश गरिएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस