एमाले बैतडीको जिल्ला अधिवेशन हुँदै
बैतडी : शुक्रबार नेकपा एमाले बैतडीको जिल्ला अधिवेशन भइरहेको छ। जिल्लाको पाटनमा एमालेको आठौँ जिल्ला अधिवेशन भइरहेको हो। अधिवेशनमा जिल्लाबाट ५ सय ९ जना प्रतिनिधिका साथै पार्टीका नेता कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता रहने बताइएको छ।
पार्टीका वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा हुने उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुरनसिंह दयाल प्रमुख अतिथी रहने छन्। त्यस्तै, प्रदेश कमिटिका अध्यक्ष तथा संघीय सांसद दामोदर भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज लिलाधर भट्ट लगायतका नेता कार्यकर्ता सहभागि हुने आर्थिक विभाग प्रमुख चक्र कार्कीले बताए। अधिवेशनमा १७लाख रकम खर्च हुनसक्ने अनुमान गरिएको छ।