सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो कोरोना संक्रमण दर, थप ५४० जना संक्रमित

२०७८ पुष २२, ०५:३४ खबर संवाददाता

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ।

बिहीबार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४३१ सक्रिय संक्रमित रहेका छन्। २४ घन्टामा ७ हजार २०९ पीसीआर तथा ४ हजार ८९० एन्टिजेन परीक्षण भएको छ।

कमेन्ट लोड गर्नुस