सुदूरपश्चिममा पृथ्वी जयन्ती जनस्तरबाट मनाउने तयारी
पुस २७ गते राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २ सय ८६ औँ जन्म जयन्ती जनस्तरबाट मनाउने तयारी भईरहेको छ। धनगढीमा सामाजिक क्षेत्रमा सक्रिय विभिन्न समूहहरुले जनस्तरबाट पृथ्वी जयन्ती मनाउने भएका हुन। नेपालको ईतिहासमा विभिन्न काल खण्डमा विभिन्न परिवर्तन हरु भएपनि राज्यमा विभाजन भएको नेपाललाई सिङगो नेपाल बनाउने तथा नेपाललाई एकिकरण गर्ने पृथ्वी नारायण शाहको जन्मजयन्ती जनस्तरबाट मनाउने तयारी भएको हो। नेपाललाई एकिकरण गरेर शाहले एकताको सुत्रमा बाधेकोले पनि उनलाई राष्ट्र निर्माता पनि भन्ने गरिएकोले त्यो योदनालाई सम्झना गर्दै पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा मनाउने तयारी भएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहोराले बताए।
आफ्नो इतिहासलाइ आफैले नकार्नु आफै प्रति घात गर्नु सरह भएकाले पछिल्लो केहि वर्ष यता जनस्तरबाट पृथ्वी जयन्ती मनाईदै आइएको छ । सरकारले एकता दिवसको रुपमा पुस २७ लाई मनाउन छोडेर राष्ट्र निर्माताको अपहेलना गरेको गुनासो बढेको छ। धनगढीका विभिन्न ठाउँमा नागरिकहरु जम्मा भई ¥याली, नगरपरिक्रमा, कोण सभा लगायताका कार्यक्रमहरु आयोजना गर्ने तयारी भईरहेको धनगढीका स्थानीय वासिन्दा पुर्णानन्द जोशीले बताए।
ऐतिहासिक कुराहरुलाई तोडमोड गर्नू भविष्यको लागि उचित नहुने भन्दै आफ्नो ईतिहासलाई बचाई राख्न र राष्ट्र निर्माताको सम्मानको लागि जन्मजयन्ती बनाउन लागिएको सामाजिक क्षेत्रमा सक्रिय समूहले जनाएका छन्। यस अघिका वर्षमा अलग अलग समूहले अलग रुपमा बनाउने भएपनि यस वर्ष भने केही समूहहरु मिलेर मनाउने भएका छन ।
नेपाल र नेपालीको लागि गरेको ऐतिहासिक योगदानको रुपमा सम्झिदै पृथ्वी जयन्ती मनाईन लागिएको अर्का स्थानीय धर्मराज जोशीको भनाई छ। केही पार्टीहरुले यो जयन्तीलाई एकता दिवसका रुपमा पनि मनाउँदै आएका छन्। पृथ्वी नारायण शाहको जन्म जयन्तीमा सरकारले दिदै आएको सार्वजनिक विदा समेत कटौती गरेपछि सार्वजनिक बिदा दिन समेत माग हुँदै आएको छ। सार्वजनिक विदा दिनका लागि मुख्यमन्त्रीलाई ज्ञापन बुझाएको राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य विरेन्द्र बलमे बताए।