टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक
काठमाडौंः विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ।
सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन्।
भिड–१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ।
टेनिस स्टार जोकोभिकलाई कयौं घण्टा विमानस्थलमा राखिएको थियो। टेनिस खेल्नका लागि अष्ट्रेलिया सरकारले छुट दिएको भोलिपल्ट जोकोभिकले त्यहाँको यात्रा गरेका थिए।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कानूनभन्दा माथि कोही नभएकाले उनलाई निर्वासित गरिने बताएका छन्।