अशोक लेल्याण्डको दोस्त प्लस गाडी सुदुरपश्चिमका बजारमा
अशोक लेल्याण्डको दोस्त प्लस गाडी सुदुरपश्चिमका बजारमा भित्रिएको छ । आइएमई गुप्र अन्तर्गत सञ्चालित आईएमई मोटर्सद्वारा प्रर्वद्धित अशोक लेल्याण्ड गाडी आजदेखि सुदुरपश्चिमको बजारमा भित्रिएको हो । यसअघि दोस्ती ब्राण्डका गाडी नेपाली बजारमा ल्याईएकोमा अहिले त्यसमा परिमार्जन गर्दै थप सुविधा सहित दोस्ती प्लस गाडी नेपाली बजारमा ल्याईएको हो । सुदुरपश्चिम प्रदेशका लागि धनगढीमा रहेको शाखाले भित्र्याएको दोस्त प्लस गाडीको धनगढी उपमहानगरपालिका मेयर नृप ओडले लन्चिङ गरे । मालवाहक सानो गाडी मानिने नयाँ दोस्त प्लस गाडीमा धेरै माईलेज, धेरै शक्ती र तात्न सकिने क्षमता लगायत नेपाली सडक सुहाउँदा सुविधा सहितको गाडी यसक्षेत्रमा भित्र्याईएको धनगढी शाखाका ईन्चार्ज पुष्कर सिंहले जानकारी दिए ।
पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेल्याण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्रीपछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्धता उनले जनाए । नेपालका लागि अशोक लेल्याण्ड गाडीको अधिकृत बिक्रेता आईएमई मोटर्सले सुदुरपश्चिम प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तार गर्दै ग्राहकहरुलाई थ्री एस (सेल्स, सर्भिस र स्पेयर्स) लगायतका सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्दै आएको छ ।