सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व हिन्दु महासंघको अध्यक्षमा अवस्थी

२०७५ पुष २५, ०६:४८ रोशन भट्ट

विश्व हिन्दु महासंघको तदर्थ समितिको अध्यक्षमा सीताराम अवस्थी चयन भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा भएको भेलाबाट विश्व हिन्दु महासंघको तदर्थ समिति गठन भएको हो। यस्तै समितिको उपाध्यक्षमा टेकराज अवस्थी, सचिवमा खगेन्द्र अवस्थी, सहसचिवमा टेकराज पाण्डेय, कोषध्यक्षमा चित्रा भण्डारी लगायत २१ सदस्यीय तदर्थ समिति गठन भएको हो। मनिराज जोशी संयोजक रहने गरि ५ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ। विश्व हिन्दु महासंघले आयोजना गरेको औपचारीक कार्यक्रमका अध्यक्ष दानदाता वद्रिनाथ भण्डारी रहेका थिए। यो समितीले गौ संरक्षणमा लाग्ने बताईएको छ।    

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस