सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्लालाई साक्षर घोषणा गर्न ढिलाइ

। फोटो स्रोत ।
२०७५ पुष २५, ०५:४६ सीपी लोहीया

बैतडीका सबै स्थानिय तहहरु पूर्ण साक्षर घोषणा भएका भएपनि जिल्लालाई घोषणा गर्न ढिलाई भएको छ। जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी सबै १० स्थानीय तह गत असारमै पूर्ण साक्षर घोषणा भईसकेका भएपनि जिल्लालाई नै औपचारिक रुपमा घोषणा गर्न ढिलाई भएको हो। सबै पालिकाले आ आफ्नो सेवा क्षेत्र भित्रका १५ देखि ६० बर्ष उमेरका नागरिकहरु साक्षर भएको जनाएपछी पुर्ण साक्षर घोषणा गरिएका स्थानीय तहहरुले जनाएका छन्। कुल जनसंख्याको ९५ प्रतिशत साक्षर भएपछि पुर्ण साक्षरता नगरपालिका तथा गाउपालिका घोषणा गर्न पाउने प्रावधान अनुसार जिल्लाका सबै स्थानिय तहहरु पुर्ण साक्षरता घोषणा गरिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीका अनुसार केही दिनभित्रै घोषणाको तयारी भएको छ। पुर्ण साक्षर जिल्ला घोषणा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आथित्य हुने भएकोले उहाँको समय नमिलेकोले मिति भने तोकिएको उनले बताए। असार २६ गते नै जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भएका भएपनि जिल्लालाई साक्षर घोषणा गर्न मन्त्रीको पर्खाई रहेको छ।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस