सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरेलु उद्योग संचालनबाट मनग्य आम्दानी

२०७५ पुष २५, ०२:०८ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका वासिन्दा घरेलु उद्योग संञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका वासिन्दाले आफ्नै क्षेत्रमा पाईने कच्चा पदार्थको प्रयोग गरेर घरेलु उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका हुन। विरलै मात्रमा देखिने घरेलु उद्योगहरु लाई थप सशक्त रुपमा संचालन गर्नको लागि स्थानीय तहले पहल र सहयोग गर्नुको साटो बजार व्यवस्थापना समेत नगरेको उद्योग संचालकहरुको गुनासो छ। स्थानीय स्तरमा पाईने कच्चा पदार्थ अल्लो बासँ लगायतको प्रगोग गरी कोट, टोपी दन लगायतका अन्य सामाग्री उत्पादन गरिरहेका छ। उद्योग संञ्चालन गरेर आर्थिक स्रोत पनि राम्रो भएको छ भने केहिले रोजगारी समेत पाएका छन।  

दार्चुलाको खलगाँकी विमला जोशीको परिवारले अल्लो उद्योग संचालन गरेको ३५ वर्षभयो। जोशीको स–परिवार यो पेशामा लागेको छ भने केहीलाई सोही उद्योगमा रोजगारी समेत दिएका छन। जोशीको परिवार अन्य कुनै पनि पेशामा लागेका छैनन। सबै परिवाले उद्योग नै संचालन गरि मनग्य आम्दानी गर्नुको साथै केहीलाई रोजगारी पनि दिएका छन। स्थानीयस्तरमा पाईने अल्लो, बासँ र उनको प्रयोगबाट कोट, टोपी लगायतका अन्य सामाग्री उत्पादन गरिरहेको जोशीको बताईन। यस्तै बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ की सुमित्रा ऐरीको पनि कपडाको घरेलु उद्योग संचालनमा छ।
 हातले बुनेका सुईटर, गलैचा लगायतका अन्य सामाग्री ऐरीको उद्योगमा उत्पादन हुन्छन। उद्योग संचालन गरेकी ऐरीले अन्यलाई तालिम पनि दिने गरेकी छिन। नाईलनको धागोबाट मात्र ऐरीको उद्योगमा कपडा उत्पादन हुने भएकाले सो धागो भारतबाट आयात गर्नुपर्ने हुन्छ। स्थानीय सरकारले धागोको मात्र सहयोग गरिदिए आफ्नो उद्योग संचालन गर्न थप सहज हुने ऐरीले बताईन। व्यवसायिक रुपमा उद्योग संचालन गरेको हुनाले कसैले सहयोग गरेमा उद्योग वृद्धिका लागि तयार रहेको उनीहरु बताउछन। तर स्थानीय र प्रदेश सरकारले सहयोग नगनरेको उनीहरुको गुनासो रहेको छ। 
स्थानीय स्तरमा स्थानीय सरकार आएपछि उद्योगमा केही सहयोग मिल्ने र संञ्चालन गर्न सजिलो भएपछि अन्यले पनि रोजगारी पाउने अवस्था हुँदा हुँदै पनि स्थानीय सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ। स्थानीय स्तरमा घरेलु उद्योग संचालन गरी आम्दानी संगै रोजगारी दिन सक्ने धेरै उद्योग संचालनमा आएका छन। तर ती उद्योलाई अगाडी बढाउनको लागि स्थानीय सरकारको सहयोग पर्ने गरेको छ। आत्म निर्भर र स्वरोजगार बनाउनको लागि घरेलु उद्योगलाई माथि उठाउन र थप सशक्त वनाउन आवश्यक छ। 
 
  

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस