सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट अभावले प्रादेशिक आयुवेर्दिक अस्पतालको निर्माणमा अन्यौलता

चालु आर्थिक बर्षमा बजेट नपाएकोले निर्माण कार्य रोकिने अवस्थामा

२०७५ पुष २५, १२:०८ सीताराम ओझा

तिव्र गतिमा काम भईरहेको प्रादेशिक आयुवेर्दिक अस्पतालको निर्माणमा अन्यौलता देखिएको छ । निर्माण थालेको छोटो समयमै राम्रोृ प्रगति हासिल गरिरहेको अस्पताल निर्माणमा केही महिनादेखि अन्यौलता देखिएको छ । फागुन अन्तिम सातादेखि निर्माण कार्य थालेकोमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति हासिल भएकोमा साउनदेखि बजेट नआउँदा निर्माण कार्यलाई गति दिन समस्या हुँदै आएको छ । ६ महिनादेखि करौडौंको काम गर्दा पनि रकम नपाईएकोले काममा समस्या हुन थालेको निर्माण व्यवसायीले बताएका छन् । अव पनि रकम पाउन नसकेमा काम अगाडी बढाउन नसक्ने निर्माण कम्पनीले जनाएको छ । 

गौरी पार्वती एमके जेभीले फागुन अन्तिम सातादेखि आयुवेर्दिक अस्पताल निर्माणको काम थालेकोमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कार्य तिव्र गतिमा भएका कारण गत आर्थिक वर्षको वजेटमा थप रकम रकमान्तर गर्दै निर्माण व्यवसायीलाई भुक्तानी दिईएकोमा अव भने रकम अभावले निर्माणमा अन्यौलता आएको छ । निति तथा कार्यक्रममा रकम दुई करोड ३६ लाख मात्रै रहेकोमा योजना ंशाधन गर्दै १० करोड माग गरिएको छ । तर अहिलेसम्म स्वीकृत भएर नआएको संघीय आयोजना कार्यान्वयन ईकाईका कार्यालय प्रमुख सुरेश वाग्लेले बताए  । 
 
प्रादेशिक आयुवेर्दिक अस्पतालको कार्यान्वयन गर्ने निकाय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय खारेज भएपछि संघीय आयोजना कार्यान्वयन ईकाई स्थापना हुँदा पनि बजेट अभावले निर्माणमा अन्यौलता देखिएको हो । अघिल्लो असारमा झण्डै ४ करोड भुक्तानी लिएको निर्माण कम्पनीले चालु आर्थिक बर्षमा त्यसपछि करौडौको काम गर्दा पनि एक रकम पनि भुक्तानी दिईएको छैन भने कार्यालय नै खारेज भएकोले अवको भुक्तानीको प्रक्रियाले पनि निर्माणमा अलमल भईरहेको निर्माण व्यवसायी चन्द्र शाहले बताए । ढाई तले भवनका तीन वटा ब्लकहरु निर्माणको गतिले तिव्रता पाएका वेला काम भने अहिलेसम्म रोकिएको छैन । तर अव बजेट नआएमा भने काम गर्न नसकिने अवस्थामा पुगेको निर्माण कम्पनीको दावी रहेको छ । ५ करोडको निर्माण कार्य सकिएको र ढाई करोडको निर्माण सामाग्री संकलन गरिएकोले अव भुक्तानी नभएमा काम गर्न नसकिने निर्माण व्यवसायी शाहको भनाई छ । 

धनगढीको राजपुरमा ५० शैयाको क्षेत्रीय आयुवेर्दिक अस्पतालको काम र प्रगति सन्तोषजनक रुपमा अगाडी वढिरहेको अवस्थामा बजेट अभावले नै निर्माणमा ढिलाई हुने स्थिति आएको छ । तर यस क्षेत्रका जन प्रतिनिधि र प्रदेश सरकारको कुनै चासो देखिएको छैन । यदपी बजेट स्वीकृतका लागि लागिरहेको संघीय आयोजना कार्यान्वयन ईकाईका कार्यालय प्रमुख सुरेश वाग्लेले जानकारी दिए । धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा ५० शैयाको आयुवेर्दिक अस्पतालको निर्माणको लागि झण्डै १६ करोड लागत लाग्ने अवस्थामा समयमै कामले गति लिएका वेला अव केही महिनादेखि बजेट नै नआउँदा त्यसमा समस्या देखिन थालेको छ । जग्गा प्राप्तिमा विवाद भएपछि लामो समयदेखि अलपत्र परेको क्षेत्रीय आयुवेर्दिक अस्पतालको निर्माणको काम सुरु गर्न सुरुवातमा रुख भएका कारण केही कठिनाई भएको थियो भने अहिले बजेट अभावले समस्यामा परिहेकोले यसतर्फ सरोकारवाला सवैको ध्यान जान जरुरी रहेको छ । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस