लियोनल मेस्सीलाई पनि कोरोना संक्रमण
२०७८ पुष १८, ०६:३०
काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ। मेस्सी र अन्य तीन खेलाडीमा कोभिडको पुष्टी भएको पीएसजीले जनाएको छ।
मेस्सीसँगै संक्रमित भएका खेलाडीमा जुवान बर्नाट, सर्जियो रिको र नाथान बिटुमाजाला रहेका छन्। ‘चार खेलाडीमा कोभिड देखिएको छ। हाल उनीहरू आइसोलेसनमा छन्। स्वास्थ्य प्रोटोकल पालना गरिरहेका छन्,’ पीएसजीले भनेको छ ।
कमेन्ट लोड गर्नुस