सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किए, चालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ पुष १८, ०३:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका-६ चाँददेउस्थित सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएका छन्। शनिबार सडकमै रोकेर राखेको रा १ त ८९९ को ट्याक्टरमा से ६ प ३९६३ नम्बरको मोटरसाइकल ठोक्किएको हो। 

ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका ९ मतपुरे बस्ने २६ वर्षीय दिप्पु चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ईसान मेमोरियल अस्पताल बेलौरी हुँदै कैलाली प्रालि अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस