सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ जना कर्मचारीको ३ महिनाको ज्याला नपाएको गुनासो

२०७५ पुष २४, ०८:१६ कमल सावद

साविकको जल उत्पन्न डिभिजन कार्यालय कैलालीका ज्यालादारी मजदुरले ३ महिनाको ज्याला नपाएको गुनासो गरेका छन्। असोज १८ गते बाट जलउत्पन्न कार्यालय खारेज भएर हाल प्रदेश अन्र्तगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय परिणत भएको छ। तत्कालित अवस्थामा ३ बर्ष देखि ज्यालादारीका रुपमा काम गर्दा कार्यालय खारेज भएपछि अन्तिम ३ महिनाको ज्याला नपाएको मजदुर खेमबहादुर थापाले गुनासो गरे। प्रतिव्याक्ती झण्डै ६० हजार ज्याला लिन बाँकी रहेको गुनासो उनीहरुको छ।

तत्कालीन कार्यालय प्रमुख रणबहादुर बमको रानी जमरा सिँचाई आयोजनामा सरुवा भएपछि नयाँ आएका प्रमुखले ज्याला दिनका लागि चाँसो नदिएको उनीहरुले बताएका छन्। ज्यालाका लागि पटक–पटक माग गर्दा पनि नपाएको अर्को मजदुर गोविन्द खड्काले गुनासो गरे। तीन बर्षदेखी काम गर्दै आएका उनीहरुको  साउन, भदौ र असोजको तलव नपाएको गुनासो गरेका छन्। अहिले सिंचाई तथा जलश्रोत डिभिजन प्रमुख अमरबहादुर पालले तलव खुवाउन कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ।  कार्यालयले ज्यालादारीमा राखेकाले उनीहरुलाई हाजिरका आधारमा ज्याला दिनुपर्ने हुन्छ। कार्यालयका ईन्जिनियर विष्णुदेव चौधरीलाई हाजिरीको किताव बुझाएको बताईएको छ। चौधरीको अहिले भौतिक पुर्वाधार तथा विकास मन्त्रालयमा सरुवा भएको छ। तत्काल रकम नभएका कारण उनीहरुलाई अहिले ज्याला दिन सक्ने अवस्थामा नरहेको डिभिजन प्रमुख पालले बताए।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस