कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपर मातहत बोडर आउट पोष्टहरुबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेो हो।
अन्दाजी १ लाख ४७ हजार २५ मुल्य बराबरको किराना सामान, युरिया मल, बिडी, प्रतिबन्धीत बोइलर कुखुराका चल्ला र काठ बरामद गरेको गणले जनाएको छ।
बरामद गरेका सामान कानूनि कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको, प्रतिबन्धित बोइलर कुखुरा नष्ट गरिएको र काठ सिद्यनाथ सामुदायिक बन उपभोक्ता समितिलाई बुझाइएको प्रहरीले बताएको छ।