सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाढीमा फुलेको फुटवल सर्वाधिक धनराशीको गोल्ड कपसम्म

२०७५ पुष २४, ११:४४ सीताराम ओझा

२०७३ सालमा सुदुरपश्चिममै पहिलो पटक धनगढीमा गोल्डकपको आयोजना गर्दा धेरैलाई आश्चर्य लागेको थियो । पिछडिएको क्षेत्रमा त्यतिवेला निजी क्षेत्रको सर्वाधिक धनराशाीको फुटवल आयोजना गर्न आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवलाई पनि सजिलो थिएन् । फुटवलका पारखी र साना तिना फुटवल प्रतियोगिताका आयोजकहरुले समेत सुदुरपश्चिममा पनि फुटवलको गोल्डकप आयोजना गर्न सकिन्छ भनेर आशंका गरेका थिए । विभिन्न बाधा र समस्याका बाबजुत सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो सस्करण सम्पन्न भयो । ए डिभिजनको मनाङ मस्र्याङग्दी क्लवले पहिलो गोल्डकपको उपाधिमाथि कब्जा जमायो । प्रतियोगिता सफलता पुर्वक सम्पन्न भयो तर आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवलाई प्रतियोगिता गर्दा लागेको खर्च तिर्न हम्मे हम्मे परेको थियो । त्यस्को मुख्य कारण थियो प्रतियोगितामा सहयोगको आश्वासन दिएकाहरुले सहयोग नगर्नु ।     

२०७३ सालमा पौष २१ गतेदेखि माघ १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालका १० र भारतका २ गरी १२ वटा ए श्रेणीको मान्यता प्राप्त क्लवहरुको सहभागीता रहेको थियो । सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो संस्करणको विजेताले नगद ५ लाख सहित ट्रफी, मेडल तथा प्रमाण पत्र हात पारेका थिए भने उप –विजेताले २ लाख ५१ हजार नगद पुरुष्कार सहित ट्रफी र प्रमाणपत्र, प्रतियोगिता भरीको उत्कृष्ट खेलाडीले २ लाख ४० हजार बराबरको मोटरसाईकल र अन्य विभिन्न १० विधामा उत्कृष्ट खेलाडीले नगद १५–१५ हजार नगद पुरस्कार पाएका थिए  । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५÷५ हजार नगद पुरस्कार दिईएको थियो । पहिलो संस्करणको आयोजनापछि दोस्रो संस्करण पनि सुदुरपश्चिम–११ स्पोर्टस क्लबले धनगढीमै आयोजना ग¥यो । पहिलो संस्करणको विजेताले ५ लाख हात पार्दा दोस्रो संस्करणमा पुरस्कार राशी त्यसको दोब्बर भयो । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५५ हजार पाए र उत्कृष्ट खेलाडीले मोटरसाईकल पाए । 

विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार समेत हात पारे । विभागीय टीम त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको च्याम्पीयन बन्यो । उपाधिसंगै दोस्रो संस्करणको विजेताले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद हात पा¥यो । उत्कृष्ट खेलाडीले यमाहा मोटरसाइकल पाए। यस्तै उत्कृष्ट भएका विभिन्न विधाका खेलाडीहरुले नगद १५–१५ हजार नगद प्राप्त गरे । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५÷५ हजार प्राप्त गरे । गत बर्ष पनि पुस २१ गतेबाट माघ १ गतेसम्म आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो । दुई संस्करणको आयोजनापछि अखिल नेपाल फुटबल संघले गोल्डकपहरुको श्रेणीविभाजन गरेको छ । त्यसमा खप्तड गोल्डकप क श्रेणीमा पर्न सफल भएको छ । 

दोस्रो संस्करणवाट गोल्डकपसँग जोडिएको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करण आजदेखि धनगढीमा सुरु भएको छ । माघ ५ गतेसम्म धनगढी रंगशालमा आयोजना हुने गोल्डकपको पुरस्कार राशी मोफसलकै सवैभन्दा वढी रहेको छ । नेपालमै पहिलो पटक क्यामरुनको टीम पनि गोल्डकप खेल्नका लागि धनगढी आउँदैछ । मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५÷१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड रहेको छ । 

मोफसलमा ठुलो प्रतियोगिता कसरी सम्भव भयो त ?
सुदुरपुर्वी इलामदेखि, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा नियमित रुपमा सञ्चालन भइरहेको फुटबल क्लबहरूको प्रतियोगिता ‘गोल्डकप’ सुदुरपश्चिमाञ्चलमा एउटा पनि नभएको कुरा  फुटवलको विकासका लागी सक्रिय युवाहरुलाई खट्किएको थियो । सोही गोल्डकप सुदुरपश्चिममा पनि गर्न सकिन्छ भन्ने विश्वास सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लव गठन गरिएको हो । सुदुरपश्चिम ११ स्पोर्टस क्लवका पदाधिकारीहरुले पहिलो गोल्डकपको आयोजना गर्दा आवश्यकता परे व्यक्तीगत रुपमा पनि खर्च गर्ने प्रण लिएका थिए । सोही प्रणले गर्दा पहिलो संस्करण सफल भएको हो । दोस्रो संस्करणमा प्रायोजकहरुको साथले केही राहत मिले पनि तेस्रो संस्करणमा पनि पहिलो संस्करणकै प्रण लिएर गोल्डकप सुरु भएको छ । 

सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै सुदुरपश्चिम ११ को नामले हिमालय क्लवले सहभागीता जनाउन थालेपछि वाढीग्रस्त क्षेत्रमा दुई दशकदेखि सक्रिय सुरेश हमालकै नेतृत्वमा फुटवल प्रेमी युवाहरु मिलेर सुदुरपश्चिम–११ स्पोर्टस क्लव दर्ता भएको थियो । कैलाली जिल्ला खेलकुद विकास समितिमा दिपकवहादुर सिंह अध्यक्ष भएर आएपछि खड्किएको फुटवलको अभावलाई कम गर्नका लागि लामो समयदेखि फुटवलमा सक्रिय हमाल सहित केही गरौं भन्ने जोस जागर र साहस वोकेका युवाहरुलाई समेटेर वनाईएको क्लवले आज देशकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता धनगढीमा सम्भव गराईरहेको छ । वाढीग्रस्त क्षेत्रमा फुलेको फुटवललाई निजि क्षेत्रको सर्वाधिक धनराशीको प्रतियोगिता वनाउने अभियानमा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिंहको योगदानलाई कसैले विर्सन सक्दैन् । दुई बर्ष अघिदेखि सुदुरपश्चिममा आयोजना भएको गोल्डकपले यस क्षेत्रको फुटवल विकाससंगै खेलकुद पर्यटनलाई पनि निकै टेवा पुगाएको आयोजकसगै फुटवलकर्मीहरुको बुझाई छ । गोल्डकपको आयोजनाले यस क्षेत्रका युवा फुटवलरहरुमा जोस जागर थप्नुका साथै समग्र खेलकुदको विकासमा पनि टेवा पुगाएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले बताए । 

वाढीमा फुलेको फुटवल कसरी पुग्यो गोल्डकपसम्म ?
कैलालीको सावीकको लावोझी गाविस, वाढीको चपेटामा पर्ने गाविस हो । कैलाली जिल्लाकै सबै भन्दा वढी प्रत्येक बर्ष आउने वाढीले क्षति लालवोझी गाविसमा पर्ने गरेको छ । हरेक बर्षातामा पुरै गाउँ डुवानमा पर्ने गरेको छ भने करौडौ धनजनको क्षति पनि हुने गरेको छ । बर्षात नजिकिदै जाँदा लालवोझी गाविसका वासिन्दाहरुमा चिन्ता र दुःखले पिरोल्ने गरेको छ । बर्षमा एक पटक उनीहरुलाई वाढीको चिन्ता छ हुन्छ तर त्यही वाढीले फुटवललाई हुर्काउँदा अहिले सुदुरपश्चिमको धनगढीमा पनि गोल्डकप सम्भव भएको छ । हिमालय युवा क्लव हुँदै अहिले वाढीमा हुर्केको फुटवल नयाँ उचाई लिदै गएको गोल्डकपको यात्रा सम्म पुगेको छ । सोही क्लवलाई सुदुरपश्चिम भरीका फुटवलको विकासमा जुटेका युवाहरु समावेश गराएर सुदुरपश्चिम ११ को नाममा परिणत भयो । त्यसैले अहिले धनगढीमा गोल्डकपको आयोजना गर्नुका साथै देशभरी नै फुटवलमा प्रगति गरिरहेको छ । 

सुदुरपश्चिम ११ स्पोर्टस क्लवले २०७२ सालमा नेपालगंज गोल्डकपको उपाधि समेत चुमिसकेको छ । गत बर्ष राजर्षी गोल्डकपको उपाधि समेत चुमिसकेको छ, । प्रदेश र भारतका विभिन्न स्थानमा आयोजना हुने फुटबल प्रतियोगिताका उपाधिहरु दर्जन वढी रहेका छन् । हाल क्लबका खेलाडीहरु सहिद स्मारक ए डिभिजन लिगका विभिन्न क्लबबाट समेत खेलिरहेका छन् । क्बलका खोलडीहरुले विभिन्न ए डिभिजनका फुटवल प्रतियोगितामा आफ्नो दावेदारी प्रस्तुत गरिसकेका छन् । २०७३ सालमा काठमाण्डौमा भएको वी डिभिजन क्लव च्यासलवाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिम ११ स्पोर्टस क्लवका खेलाडीहरुले च्यासललाई १५ वर्षपछि वी डिभिजन च्याम्पीयन वन्दै ए डिभिजनमा वढुवा समेत गराएका थिए । चालु सिजनमा पनि आधा दर्जन ए डिभिजन क्लबबा सुदुरपश्चिम–११ का खेलाडीहरुले सहिद स्मारक ए डिभिजन लिग खेलेका छन् । 

अहिले वाढीमा फुलेको त्यही फुटवल सुदुरपश्चिम खप्तड गोल्डकप सम्म आईपुगेको छ । सोही क्लवका साथै कैलाली जिल्लाभरीका फुटवलप्रेमीलाई एकजुट गरेर स्थापना भएको क्लवले पहिलो पटक सुदुरपश्चिम क्षेत्रमा गोल्डकप गर्ने साहस गरेको थियो । फुटवलको लागि सुदुरपश्चिम क्षेत्रले पछिल्लो समयमा आशातित सफलताहरु हासिल गर्न सकेको छैन । छैटौ राष्टिय खेलकुदमा पुरुषले दिलाएको स्वर्ण नै यसक्षेत्रले फुटवलमा पाएको एक मात्रै स्वर्ण हो । ७ वर्ष अगाडीको त्यो ईतिहास अहिले पनि जो कोही सुदुरपश्चिमवासीले विर्सेका छैनन । त्यसको एक वर्षपछि सुपमा नै महिला राष्ट्रि«य लिग भयो । तर त्यसमा महिला टीमले राम्रो प्रदर्शन गर्न सकेन । त्यसपछि भएको राष्ट्रिय पुरुष टीममा पनि कैलालीको टीम त रह्यो तर त्यो नाम मात्रै भएको र यसक्षेत्रका कुनै पनि खेलाडीले मौका नपाएको भन्दै आलोचना भयो । विचमै रोकिएको त्यो लिगपछि सुदुरपश्चिममा केही साना तिना प्रतियोगिताहरु भएपनि ठुलो धनराशी र राष्ट्रिय खेलाडीहरुले भाग लिने प्रतियोगिता हुन सकेन । त्यही सुस्ताएको फुटवललाई माथि उठाउने क्रममा छैटौमा सुपलाई स्वर्ण जिताउने खेलाडीहरुले एकजुट भएर सात लाख धनराशीको फुटवल प्रतियोगिता गरिरहँदा अहिले झण्डै ४० लाख नगद धनराशीको प्रतियोगिता हाम्रै आँगनमा सुरु भएको छ । वाढीले हुर्काएको फुटवल उचाईमा पुग्दै गएको छ पछिल्लो समयमा । यसले थप उचाई पाउने आशाका किरणहरु पनि देखिन थालेका छन । 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस