सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०७८ पुष १५, ०५:५८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। बिहीवार दिउँसो गड्डाचौकी बजारबाट भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय हरिशप्रसाद जोशी र  २५ वर्षीय सागर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार  जोशीको साथबाट ८.२५ ग्राम  चरेश र बोहराको साथबाट ०.६३ ग्राम चरेश फेला परेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस