सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको नवदुर्गा आधारभूत विद्यालयको भवन जीर्ण, पठनपाठनमा समस्या

२०७८ पुष १५, ११:३३ खबर संवाददाता

धनगढीः बैतडीको  पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको नवदुर्गा आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा रहेको छ। वषौँदेखि प्रयोगमा आएका कक्षाकोठा जीर्ण हुँदा पठनपाठनमा समस्या भइरहेको विद्यालयले जनाएको छ। 

भवनहरु जीर्ण हुँदा चिसोको समयमा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भइरहेको प्रधानाध्यापक धनीदत्त भट्टले बताए। पानी परेपछि चुहिने हुँदा झनै समस्या भइरहेको छ। ‘वर्षौ पूराना भवन जीर्ण भइसकेका छन्। भत्किने अवस्थामा पुगेका छन्। त्यहाँ विद्यार्थीहरुलाई बस्न गाह्रो भइरहेको छ’ प्रधानाध्यापक भट्टले भने, ‘स्थानीयतहसँग मर्मत तथा भवन निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता गरिएको छैन।’

विद्यालयमा शौचालयको समेत अभाव रहेको छ। उनका अनुसार त्यहाँ खेल मैदानको समेत समस्या रहेको छ। जसकारण विद्यार्थीहरुलाई खेलकुद प्रतियोगिताका लागि समस्या भइरहेको छ। उक्त विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत छन्।  

कमेन्ट लोड गर्नुस