धनगढीमा प्रविधि प्रदर्शनी महोत्सव सुरु
नेपाल घरेलु तथा साना उद्योग महासंघ कैलालीको आयोजनामा आजदेखि धनगढीमा प्रविधि प्रदर्शनी महोत्सव सुरु भएको छ। बजार अभावमा लुकेका उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। सुदुरपश्चिममा साना तथा घरेलु उद्योगहरुलाई प्रर्बद्धन गर्नका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ। यस मेलावाट घरेलु तथा साना उद्योगहरुकोे प्रवर्धन हुने विश्वास लिइएको छ।