सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिसी यू–१९ एसिया कप क्रिकेट : नेपालद्वारा कुवेतसामु २४० रनको लक्ष्य प्रस्तुत

२०७८ पुष १३, ०५:४१ रासस

काठमाडौँ: एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले कुवेत जवाफी ब्याटिङ गरिरहेको छ। कुवेतले ३० ओभरमा पाँच विकेटको क्षतिमा १४४ रन बनाएको छ। बलिङतर्फ नेपालका विवेक यादवले दुई तथा गुल्सन झा, शेर मल्ल र शसिर अहमले एक एक विकेट लिएका छन्। 

त्यसअघि संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो। नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे। यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए। मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे। यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए। 

बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन÷तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई÷दुई विकेट लिए। 
 

कमेन्ट लोड गर्नुस