एकैदिन ५ लाख बढीले लगाए कोरोना खोप
२०७८ पुष १२, ०८:३१
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ।
मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिनमा ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन्। दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो।
पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना खोप लगाएका छन्।
कमेन्ट लोड गर्नुस