बाजुराको एक पसलमा आगलागी हुँदा करोड बराबरको क्षति
बाजुरा: बाजुराको एक पसलमा आगलागी हुँदा करोड बराबरको धनमाल नष्ट भएको छ। आइतबार राति खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरस्थित सुर्का बजार बस्ने अंगबहादुर ओलीको खुद्रा तथा होलसेल पसलमा आगलागी भएको हो।
करेन्ट सर्ट भई आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।