सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवीलाई

२०७८ पुष ११, ०२:०९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम राजधानी कप २०७८ को उपाधि वनदेवी युवा क्लबले जितेको छ। शनिबार साँझ भएको फाईनलमा र रेसिङ सहारा कोहलपुरलाई ३–२ ले हराउँदै अत्तरियाकै वनदेवी युवा क्लबले उपाधि जितेको हो। गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भएको फाईनलमा वनदेवीलाई उपाधि जिताउन युवराज ढकालले २ गतेल गरे। फिलिप तामाङले १ गोल गरे।

रेसिङ सहारा कोहलपुरका लागि माधव भण्डारी र चेतन कठायतले समान एक गोल गरे। पिएफए स्पोर्टस क्लबको आयोजनामा भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कपको उपाधिसँगै वनदेवीले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता रेसिङ सहारा कोहलपुरले नगद २ लाख ५० हजार सहित ट्रफी र मेडल पाएको छ। 

वनदेवीका दिपेन्द्र मलासी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने। उनले नगद २० हजार सहित ट्रफी पाए। वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र कुवेर सिंह सर्वाधिक गोलकर्ता भए। रेसिङ सहाराका माधव भण्डारी उत्कृष्ट मिडफिल्डर भए। उनीहरुले जनही नगद १५ हजार सहित ट्रफी पाए।  

कमेन्ट लोड गर्नुस