सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

२०७८ पुष १०, ०१:४९

काठमाडौंः बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ। शनिबार बिहान भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो। एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो र तेस्रो सेटमा भने बंगलादेशले सुधारिएको खेल खेल्यो। यद्यपि नेपालले त्यसपछि बंगलादेशलाई २५-१५, २५-१७ ले हराउँदै खेल सहजै जितेको हो।

तीन जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३/२ को सेटमा जित हात पारेको थियो। यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो। तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ। नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ। ६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।


 

कमेन्ट लोड गर्नुस