सुदूर नेपाललाई विश्वसँग जोड्दै

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

२०७८ पुष १०, ११:१८ रासस

दमक : झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ। अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो।

विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन्। डेढ वर्ष अघिदेखि सो काम सुरु भएको थियो।

कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज ९युएनओपीएस० मार्फत हुने जनाइएको छ। प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिइन् ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यामा पाइपलाइनबाट अक्सिजन पु¥याउने लक्ष्य छ। विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो। अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालले दैनिक सरदर एक हजार हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य बीमासहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। 

कमेन्ट लोड गर्नुस