अक्सनमा अब्बल सुदुरपश्चिमका क्रिकेटर
धनगढी प्रिमियर लिग– ३
माघ २६ गतेदेखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको अक्सन शनिवार सम्पन्न भयो । राजधानीको दरबार मार्ग स्थित अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी भएकोमा प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा विभिन्न मुल्य तोकेर किने । अक्सनमा सहभागी खेलाडीहरु मध्ये ७२ जना खेलाडीहरु बिक्री भए। कुल १२० जना खेलाडीहरु बिक्री भएनन्। यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये ६ जनालाई ६ वटा टिमले लिए। अक्सन मार्फत बिक्री भएका ७२ जना खेलाडीहरुमध्ये सुदुरपश्चिमका २३ जना खेलाडी बिक्री भएका छन् । त्यसमा किर्तिमानी रकममा बिक्री हुने ६ जनामध्ये ३ जना अर्थात त्यसको आधा हिस्सा यसै प्रदेशका खेलाडी रहेका छन् । त्यसमा तीनै जना खेलाडी कञ्चनपुुरकै रहेका छन् । यो अक्सनमा बिक्री भएका खेलाडी र उनीहरुले पाएको किर्तिमानी रकमले सुदुरपश्चिम क्रिकेटमा अब्बल छ भन्ने प्रमाणित भएको छ ।
अक्सनमा सहभागी ६ वटा टिमहरुमा रहेका सुदुरपश्चिम त्यसमा पनि कैलाली कञ्चनपुरकै हिसाब गर्ने हो भने सबैभन्दा वढी प्रदेशकै टीम सिवाईसी अत्तरीयाले किनेको छ । आफ्नै प्रदेशका खेलाडीलाई सिवाईसीले महँगो मुल्यमा समेत किनेको छ । छोटो समयमा नै नेपाली टीमको हिस्सा वनेर लगातार उत्कृष्ट प्रदर्शन गर्दै अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रभाव जमाउन सफल युवा क्रिकेट दिपेन्द्र सिंह ऐरी मार्की प्लेयर रहेको अत्तरीयाले उनी सहित ७ जना सुदुरपश्चिम प्रदेशका खेलाडीलाई टीममा भित्र्याएको छ । कञ्चनपुरकै सन्दिप जोरालाई सवैभन्दा वढी २ लाख ३० हजारमा टीममा पारेको छ । यसैगरी भुवन कार्कीलाई २ लाख १० हजार, प्रेम तामांगलाई ५० हजार, कमल सिंह ऐरीलाई ९० हजार खगेन्द्र जोशीलाई ३० हजार र ज्ञानेन्द्र कुँवरलाई ३० हजारमा किनिएको छ । मार्की प्लेयर दिपेन्द्र अष्ट्रेलियामा रहँदा उनको उपस्थितिमा पनि अत्तरीयाले आफ्नै ठाउँका खेलाडीलाई बढी महत्व दिएको हो ।
सुदुरपश्चिमका खेलाडीलाई वढी स्थान दिनेमा सिवाईसीपछि रुपन्देही च्यालेन्र्जस रहेको छ । बसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले यो प्रदेशका ६ जनालाई किनेको छ । भीम सार्की ललीत भण्डारी र विनोद भण्डारीलाई सवैभन्दा वढी २ लाख ५० हजारमा किनेको छ । यो रकममा ६ जना मात्रै किनिएका थिए । यसैगरी प्रदिप ऐरी २ लाख ४० हजार, विक्रम सोव ६० हजार, र शेर मल्ललाई ३० हजार रकममा किनिएको छ ।
प्रदेशकै अर्को टोली महेन्द्रनगर युनाईटेडले पनि ४ खेलाडी टीममा भित्र्याएको छ । शरद भेसावकर रणनितिक खेलाडी रहेको टीममा दिलिप नाथलाई ७५ हजार, दिपेन्द्र चन्दलाई ३० हजार, सन्तोष भट्टलाई ३० हजार र सुशील खड्कालाई पनि ३० हजारमा किनिएको हो । लिगको नयाँ टोली धनगढी स्टार्सले पनि तीन जनालाई मौका दिएको छ । नयाँ टोली र नयाँ टीम मालिकले नाम नसुनिएका र नचलेका केही युवा खेलाडीलाई मौका दिँदा सोमपाल कामी मार्की प्लेयर रहेको टोलीले राजु रिजाल ७५ हजार सुनील धमलालाई १ लाख ८० हजा र कृष्ण ऐरलाई ३० हजारमा टीममा राखेको हो । लिगमा सहभागी टोली काठमाडौँ गोल्डेन्सले पनि दुई जना सुदुरपश्चिम प्रदेशका खेलाडी राखेको छ । ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको टीममा योगेन्द्र कार्कीलाई ७० हजार र विक्रम ठगुन्नालाई ३० हजारमा राखिएको छ । विराटनगर किंग्सले भने एक जनालाई मात्रै किनेको छ । जसमा ट्यालेन्ट हन्टवाट छानिएका सुवाश ऐर रहेका छन् । उनले ३० हजार पाउनेछन् ।
अक्सनमा नाम दर्ता गरेका सुदुरपश्चिमका तीन जिल्लाका १३ जना खेलाडीलाई भने कुनै पनि टीमले किनेनन् । अक्सनमा बिक्री नहुने खेलाडीहरु यस प्रकार रहेका छन् ।
आक्रोस पाल महेन्द्रनगर
आयुषमान बम महेन्द्रनर
अरुण ऐरी महेन्द्रनगर
विनोद लामा धनगढी
दिपेन्द्र थापा धनगढी
गजेन्द्र बोहरा धनगढी
गौरव कटुवाल महेन्द्रनगर
नारायण जोशी धनगढी
पवन कार्की धनगढी
राम रावत महेन्द्रनगर
रोमन बम धनगढी
सागर भण्डारी धनगढी
यज्ञमान कुमाल अछाम
अक्सनका लागि १२ जना खेलाडी ट्यालेन्ट हन्टबाट छानिएकोमा उनीहरुबाट ६ जना पनि डिपिएल खेल्नबाट बन्चित भएका छन् । सहभागीता जनाउन नपाउने ६ जना खेलाडी यस प्रकार रहेका छन् ।
खड्क बोहरा
कृष्ण विष्ट
भुपेन्द्र साउँद
रोशन अधिकारी
विपिन रावल
विजय राना