मुख्यमन्त्री कार्यालयको हेलो सीएम कक्षमा टेलिफोन छैन
कान दुख्न सुरु गरेपछि कैलालीको गौरीगंगा नगरपालिका लिक्माका चेतराज जोशी बडैपुरमा रहेको एक क्ल्नीकमा उपचारका लागि पुगे। सो क्ल्नीकले जोशीलाई उपचारका लागि धनगढी जान सुझाव दियो। आईतबार बिहान उनी धनगढीको सेती अञ्चल अस्पताल आए। बिहान साढे १० बजे सेती अञ्चल अस्पताल पुगेका जोशीले एक घण्टा टिकटका लागि लाईनमा बस्नु पर्याे। टिकट काट्ने स्थानमा पुगेपछि जोशीलाई कान सम्बन्धी डाक्टर नरहेको जानकारी भयो। डाक्टर किन नआउने त्यो बिषयमा अञ्चल अस्पतालले जोशीलाई बताए। जेशीले हेलो सीएमको टोल फ्रि नम्बर १६६०–९१५२७२३ मा फोन गरे। तर फोन उठेन्। बिहान साढे ११ बजेबाट फोन गर्दै आएका जोशीले पटक–पटक सो नम्बरमा फोन गरे। फोन गयो तर उठेन। त्यसपछि जोशीले हामीलाई फोन गरे। हामी त्यहाँ पुगेउ। हामीले पुन हेलो सीएमको नम्बरमा फोन गर्न जोशीलाई आग्रह गरेउ। त्यो बेला पनि फोन उठेन। उनले हामीसंग फोन उठ्दै नउठेको भन्दै आक्रोस व्यक्त गरे। उनले भने, गुनासो आउन छोड्को समाचार आएका थिए। मैले फोन गर्दा उठ्दै उठेन्। जनताको करबाट सञ्चालन गरेको हेलो सीएम सेवाका नाममा लाखौ रकम किन खर्च गर्नु हुन्छ। फोन नउठाउने भए बन्द गर्नु न। समस्या गर्दा पो जनताले तपाइलाई फोन गर्ने हो। फोन नै नउठाउने?
चेतराज जोशीको गुनासो सुनेपछि हामी मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेउ। कार्यालयको हेलो सीएम कक्षमा कोही थिएन्। कक्षको बाहिरबाट पुन हामीले हेलो सीएमको फोन नम्बर १६६०–९१५२७२३ मा फोन गरउ। कतै फोन पनि बजेन। मुख्य मन्त्री त्रिलोचन भट्टले जनताको गुनासो सुन्न सञ्चालन गरेकोे यो नम्बरका लागि टेलीफोन सेट नै नरहेको फेला परेको छ। गत जेठमा मुख्य मन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको भुई तलामा हेलो सीएम कक्ष सञ्चालन गरेका थिए। यो कक्ष अहिले कार्यालयको दस्रो तलामा सारिएको छ। तर कक्षमा कोही कर्मचारी थिएनन् भने फोन पनि बजेन्।
फोनका बिषयमा मन्त्रालयका कर्मचारी पनि अन्यौल्यमा देखीए्। उनीहरुले टेलीफोन भए नभएको जानकारी नभएको बताएका छन्। तर फोन उठाउन पनि कर्मचारी नरहेको मुख्यमन्त्री कार्यायलयले जवाफ दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता मानसिह विष्टले फोनमा केही समस्या आएपछि सुधार गरेको बताए। कार्यालय समय भन्दा अन्य समयमा पनि यो फोन सेवा सञ्चालन रहेको थियो। तर अहिले छैन्। सबै कर्मचारीहरुले त्यो फोन उठाउने गरेको विष्टले बताए।
प्रदेशवासीका समस्या सुन्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको हेलो सीएम टोल फ्रि नम्बरमा जुनासो सुन्न छोडिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तामझामका साथ गत जेठ ७ गतेबाट हेलो सीएम कार्यक्रम सुरु गरेका थिए। सुरुका दिनहरुमा मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयको भुईतलामा हेलो सीएम कक्ष राखिएको थियो। यो कक्ष अहिले कार्यालयको दोस्रो तलाबाट सञ्चालन गरिएको छ। तर कक्षमा गएर हेर्दा त्यहाँ टेलिफोन समेत नरहेको पाईएको छ । त्यहाँ कर्मचारी समेत छैनन्।
मुख्यमन्त्री त्रिलोचन भट्टले सेवाको उद्घाटन गर्दै तत्काल समाधान गर्ने विषयको गुनासो तथा समस्यालाई ४ घण्टाभित्रै समाधान गरिने वाचा गरेका थिए। प्रदेश सरकार र जनता बिच यो कार्यक्रमले पुलको काम गर्ने भट्टले बताएका थिए। तर त्यो पुल अहिले आफै जिर्ण भएको छ।